राजस्व छलि गरी ल्याएको सुर्तिजन्य पर्दार्थ सहित दुइ कारोबारी पक्राउ

काठमाडौँ। राजश्व छली गरि ल्याइएका सुर्तिजन्य पदार्थ लगायतका सामानहरु सहित दुइ कारोबारीलाइ महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। नेपाल तथा भारतमा तयार गरेका सुर्तिजन्य पदार्थ लगायतका सामानहरु राजश्व छलि गरी ल्याई कोटेश्वर एवं कुमारीगाल लगायतका स्थानमा गोदाममा भण्डारण गरी कारोबार गर्ने गरेको सुचनाको आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले बुधबार मदन साह रौनियार र श्रवन कुमार सिंहलाइ पक्राउ गरेको हो। कोटेश्वर गोदाम भण्डारण गरी राखेको अबस्थामा पान मसला, सुर्ति, राजनिवास लगायतका सुर्ति जन्य पदार्थ जम्मा मुल्य रु.७ लाख ९०हजार र कुमारीगाल स्थित गोदामबाट सुद्ध पलस, रजनिगन्धा सुर्ति लगायतका पदार्थ जम्मा मुल्य रु. ८ लाख बराबरको सुर्तिजन्य पदार्थ पक्राउ गरी दुबैजना ब्यक्तिहरुलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको महाशाखाले जनाएको छ।