नेपाली खेलाडी अनिता र सरूको चमत्कार, मासा युनाइटेडको पोस्टमा ३५ गोल

काठमाडौं, चैत । पाकिस्तानमा जारी नेशनल वुमन्स च्याम्पियनसिपमा नेपाली खेलाडी सम्मिलित मासा युनाइटेडले कराची डब्लुएफसीविरुद्ध ३५–० गोल अन्तरकाे जित हात पारेको छ।

आज भएको खेलमा नेपाली खेलाडीले गोलको वर्षात् गरेपछि मासाले प्रभावशाली जित हात पारेको हो।

मासाको जितमा अनिता केसीले मात्रै १६ गोल गरिन्। त्यस्तै, सरु लिम्बु १० गोल, एन्जिला तुम्बापो २ गोल, गीता रानाले २ गोल गरिन्।

पाकिस्तानी खेलाडीले भने मात्र ५ गोल गरे। त्यसमा अरिबाले ३ तथा सामरोज सामरिन २ गोल गरिन्।

Loading...