दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित पक्राउ

काठमाडौँ। दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित  महानगरीय अपराध महाशाखाले चार जनालाइ पक्राउ गरेको छ। नयाँ बसपार्क मित्रनगर एरियामा दुर्लभ बन्यजन्तु चितुवाको छाला कारोवार गर्ने गरेको सूचनाको आधारमा भीम बहादुर कामी , गोपाल थापामगर , एक प्रसाद राई र निशान्त कुमार रहपाललाइ सोमबार पक्राउ गरको हो। निजहरु बसेको मित्रनगर ऐश्वर्य मार्गमा रहेको प्रभु चरण पाहुना घरको २०४ नं. कोठामा प्रहरीले खानतलासी गरि ६ फित २ ईन्च र चौडाई २२ ईन्च भएको चितुवाको जस्तो देखिन १ थान छाला बरामद गरेको छ। पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि डिभिजन बन कार्यालय, हात्तिसार, काठमाण्डौ पठाइएको महाशाखाले जनाएको छ। 

Loading...