सहायक सि.डि.यो हु भनि ठगि गर्ने ब्यक्ति नक्कली परिचय पत्र सहित पक्राउ

 

काठमाडौं-  सहायक सि.डि.यो हु भनि ठगि गर्ने ब्यक्ति पक्राउ विभिन्न ब्यक्ति संग रकम लिइ ठगि गर्ने व्यक्तिलाई प्रहरिलेपक्रु गरेको छ। दिपक बि.सि. भन्ने ब्यक्तिले आफुलाई सहायक सि.डि.यो हु र हाल गृहमन्त्रालय अर्न्तगत काम गर्दछु साथै गृह-मन्त्रालयमा जागिर लगाईदिन्छु भनि बिभिन्न ब्यक्तिहरुलाई प्रलोभनमा पारी ५-५ लाख लिने गरेको भन्ने सुचनाको आधारमा महानगरीय अपराध महाशाखाले आज सुर्खेत बात पक्राउ गरको हो। पक्राउ परेका बि सी ले पाँचथर घर भएकि एक महिला र एक पुरुषलाई लाई सहायक महिला बिकास निरीक्षण र महिला तथा बालबालिका निरिक्षण कार्यालयमा ना.सु पदमा जागिर लगाईदिन्छु भनि १० लाख माग गरी पाँच लाख लिएको खुलेको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उनले आफ्नै फेसबुक प्रोफाइलमा सरकारी नम्बर पेलेट भएको गाडिमा आफ्नो फोटो खिचि कार्यरत जागिर गृह मन्त्रालय भनि राखेको समेत पाईएको छ ।
२०७३ सालमा निजले सहायक सि.डि.यो हु भनि ठगि गरी हिडेको फेला पारी मिति २०७३।०२।०४ गते दैलेखबाट पक्राउ परी केहि सार्बजानिक अपराध मुद्धा चलेको र बिभिन्न ब्यक्तिहरुलाई सहायक सि.डि.यो हुँ भनि झुक्याउने क्रममा मिति २०७४।०१।१० गते सुर्खेतबाट र मिति २०७६।०९।१५ गते जाजरकोटबाट पक्राउ परि अभद्ध ब्यबहार मुद्दा चलेको महाशाखाको अनुसन्धानले देखाएको छ। प्रहरीले नागुनाथ गा.पा तुम्लिखाको दिपक बुढा क्षेत्रिको नाममा रहेको प्रमुख प्रसासकिय अधिकृत पदको परिचय पत्र बरामद गरेको छ।
बि.सि.ले सुर्खेत र जाजरकोट लगायतका अन्य जिल्लामा समेत ठगि गरेको भन्ने खुलेको हुदाँ पिडितहरुलाई उजुरी दिनका लागि सम्बन्धित प्रहरी कार्यालयहरुसंग समन्वय गरी सहजिकरण गरीएको ।
यसैगरि महाशाखाले साथै यस्तै प्रकारको अपराध कार्यबिधिद्धारा कोहि ठगिमा पर्नु भएको भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नहुन अनुरोध गरेको छ ।
महाशाखाले आबश्‍यक कारवाहीका लागी बि सी लाई महानगरिय प्रहरी परिसर टेकु पठाईएको छ।

Loading...