पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा सुनको जलहरी तत्काल नराख्न सर्वोच्चको अन्तरकालीन अन्तरिम आदेश

 

काठमाण्डाै । सर्वोच्च अदालतले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा सुनको जलहरी तत्काल नराख्न बुधवार अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सुनको जलहरी राख्ने काम तत्काल नगर्न अन्तरकालीन बुधबार अन्तरिम आदेश जारी गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिको मूल मन्दिरको शिवलिङ्गमा बुधवार नै पूजाआराधाना गरी एक सय आठ किलोको सुनको जलहरी अनावरण गर्नुभएको थियो ।

सर्वाेच्चले आदेश जारी गर्दै पशुपतिनाथ मन्दिरको महत्त्व, संवेदनशीलता र प्राचीन स्मारक संरक्षण ऐन २०१३ को कानुनी व्यवस्थाको सन्दर्भमा सुविधा सन्तुलनको दृष्टिकोणबाट छलफलको टुङ्गो नलागेसम्म पशुपतिनाथको मन्दिरभित्र सुनको जलहरी लगाउने कार्य नगर्नू/नगराउनू भनिएको छ ।

नेपालको संविधानविपरीत कार्य तत्काल प्रतिषेध गरी निर्णय बदर गर्न माग गर्दै सोमबार वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाई उक्त रिट निवेदन दायर गरेका हुन्।

प्रदेशसभा सदस्य वैद्यले जलाहरी हरि लगाउनेकार्यलाई प्राचिन स्मारिका एन बिपरित भएको बताउनु भयो। विश्व सम्पदामा सुचिकृत पशुपति क्षेत्र भित्र रहेका कुनै पनि सम्पदालाइ साबिक भन्दा हेरफेर गर्न नहुने र सरकारले गरेको यो कदमबात् युनिस्कोले विश्व सम्पदा सुचिबाट हटाउन सक्ने उहाले बताउनु भयो।

मन्त्रिपरिषद्को बैठकले पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्ने निर्णय गरेको थियो ।

 

Loading...