प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस गर्छ ,कुनैपनि हालतमा राजीनामा नदिने -मन्त्री श्रेष्ठ

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले अविश्वासको प्रस्ताव फेस गर्न प्रधानमन्त्री तयार रहेको र कुनै पनि हालतमा राजीनामा नदिने बताउनु बएको छ। सिटिइभीटीको ३३ र्औ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कसैले राजीनामा माग्दैमा प्रधानमन्त्री ओलीले राजीनामा नदिने बताउनु भयो ।
कार्येक्रममा बोंदै उनले भने, ‘हामी कायर हो र, राजीनामा दिन ?, कुनैपनि हालतमा राजीनामा आउँदैन । अदालतले गरेको निर्णयलाई हामीले सम्मान गर्छौँ तर यो निर्णयले झन् विवाद बढाएको छ’, भने, ‘हामी जनताबाट आएका हौँ, जनताले नै अहिलेको संकटकालीन अवस्थाको मुल्याङ्कन गर्नेछन् ।’

Loading...