नेपाल वायुसेवा निगम र लुम्बिनी बौद्ध विश्व विद्यालयबीच साझेदारी पत्रमा हस्ताक्षर

नेपालको पर्यटन प्रवद्र्धन र बुद्धदर्शनको विस्तारमा पारसपारिक सहयोगको माध्यमले अगाडि बढ्ने

 

फागुन ६,काठमाडौँ। नेपाल वायुसेवा निगम र लुम्बिनी बौद्ध विश्व विद्यालयबीच बुधबार नेपालको पर्यटन प्रवद्र्धन र बुद्धदर्शनको विस्तारमा पारसपारिक सहयोगको माध्यमले अगाडि बढ्ने सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। .
निगमको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहबीच निगमका महाप्रवन्धक डिमप्रसाद पौडेल र विश्व विद्यालयका उप क’लपति प्रा. डा. हृदय रत्न बज्राचार्यले समझदारीपत्रमा हस्ताक्षर गर्नु भएको हो। .
सम्झौता  अनुसार पर्यटन क्षेत्रमा दिगो विकासमा सहयोग पुग्ने उड्डयन तथा पर्यटन क्षेत्रमा उच्च गुणस्तरको जनशक्ति तयार गर्न दुवै संस्थाकाबीच प्रयास गरिने निगमले जनाएको छ। लुम्बिनी क्षेत्रका साथै नेपालका अन्य बुद्धिष्ठ क्षेत्रमा पर्यटन विकासमा दुवै सस्थाले प्रवद्र्धनात्मक कार्यक्रम संचालन गर्ने भएको छ। .
नेपालको बहुआयामिक विकासका लागि उड्डयन क्षेत्रका साथै पर्यटन क्षेत्रको प्रवद्र्धनमा संयुक्त प्रयास गरिने कुरा सम्झौतामा समावेश गरिएको छ। . पर्यटन र बुद्ध दर्शनसँग सम्वन्धित विशेष कार्यक्रम बनाउन र त्यसलाई कार्यान्वयन गर्ने बारे पारसपारिक समझदारी र सहयोगको आधारमा गरिने छ। .
उड्डयन र पर्यटनको क्षेत्रमा अनुसन्धानात्मक क्रियाकलाप अगाडि बढाउन र राष्ट्रिय एवं अन्तर्राष्ट्रियतौरमा संस्कृतिक परम्परालाई विस्तार गर्ने लक्ष्य लिइएको समझदारी पत्रमा उल्लेख छ। .
लुम्बिनी बौद्ध विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि पर्यटन सँग सम्वन्धित विषयमा प्रयोगात्मक अध्ययनको अवसर निगमले प्रदान गर्नेछ भने विश्व विद्यालयले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा निगमको सेवालाई प्राथमिकता दिने भएको छ। .


लुम्बिनी विश्वविद्यालयमा उच्च शिक्षा लिने निगमका कर्मचारीका सन्तानलाई शुल्कमा विशेष छुट उपलब्ध गराइनेछ। हाललाई चारवर्षको लागि यो सम्झौता गरिएको छ र भविष्यमा नवीकरण गर्न सकिने भएको छ। .
समारोहमा बोल्दै निगमका महाप्रवन्धक पौडेलले नेपाल वाय’सेवा निगमले बुद्धिष्ठ बाहुल्य भएका मुलुकमा उडान संचालन गर्ने अवधारणा राखेको बताउनु भयो। यसै गरि प्रा.डा. बज्राचार्यले बुद्ध धर्म मात्र नभएर यसले दर्शनको महत्व बोकेको कारण विश्व विद्यालयले त्यसै अनुसार कार्यक्रम संचालन गरेको धारणा व्यक्त गर्नुभयो। .

Loading...