नागरिक आन्दोलनमा सहभागी अभियन्तालाई ज्यान मार्ने धम्कीको भर्त्सना

फागुन ७,काठमाडौं । नागरिक आन्दोलन मार्चपासमा सहभागी अभियान्ताहरुलाइ र सामाजिक सञ्जालबाट ज्यान मर्ने धम्की दिने र घृणा फैलाउने कार्यको बृहत् नागरिक आन्दोलनले भर्त्सना गरेको छ ।

नागरिक आन्दोलनले बिहीबार प्रेस विज्ञप्ति जारी गदै यस्ता क्रिया कालापको भत्र्सना गदै संलग्न भएका बारे गम्भीरपूर्वक छानबिन गर्न र दोषीविरुद्ध तत्काल कारबाही प्रक्रिया अगाडी बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

विज्ञप्तीमा भनिएको छ- ‘गएको माघ ३० गते काठमाडौँको बसन्तपुर हनुमानढोका बात निकालिएको महिला मार्चमा सहभागी अभियन्ता र अग्रज बिरुद्द दिइएको धम्की र घृणा फैलाएउने कार्य विरुद्ध वृहत् नागरिक आन्दोलन आवाज बुलन्द बनाउन चाहन्छ । ’आन्दोलनका अभियन्ताहरु मोहना अन्सारी, रिता साह, सपना सञ्जिवनी, पल्लवी पायल, हिमा विष्ट र अन्शु खनाललाई लक्षित गरी सामाजिक संजाल फेसबुक, ट्वीटर मार्फत ज्यान मार्ने र बलत्कार गर्ने जस्ता निकृष्ट धम्की दिइएको हो ।

बिज्ञप्तिमा ‘आफूलाई लागेको कुरा बोल्न पाउनु, कथा, कविता वाचन गर्न पाउनु, सभा, समारोहमार्फत् विचार अभिव्यक्त गर्न पाउनु हरेक नागरिकको मौलिक अधिकार हो। महिला लगायत बहिष्कृतमाथि सदियौंदेखि जारी विभेदविरुद्ध आवाज उठाउन अपरिहार्य नै छ। प्रतिरोधका हरेक आवाजले समतामूलक समाज नचाहने तप्का विचलित हुने गरेका छन्। तर्कमा आधारित विमर्शमा सहभागी हुन नचाहनेहरू अभद्र र आक्रामक प्रतिक्रियामा उत्रन थालेका छन। ,’ ‘साइबर दुर्व्यवहारमार्फत् नागरिक आन्दोलनमा सहभागी अभियन्तालाई निरुत्साहित र अपमानित गर्न खोज्नु सर्वसत्तावाद, असहिष्णुता र प्रतिगमनलाई बल पुर्‍याउनु हो। प्रत्येक लोकतन्त्रप्रेमी नागरिकले यसप्रति सचेत हुँदै आन्दोलित हुन जरुरी छ।‘ उल्लेख छ।

 

 

 

 

 

Loading...