संबैधानिक निकायमा गरेको नियुक्तिको बिरोधमा नेकपा प्रचण्ड -माधव समुहले गर्यो देशब्यापी आमहड्तालको घोषणा

माघ २१ , काठमाडौं । सरकारले बुधबार संबैधानिक निकायमा गरेको नियुक्तिलाइ नेकपा प्रचण्ड -माधव समुहले बलमिच्याइँको पराकाष्टा भएको भन्दै सो कदमको बिरोधमा भोलि बिहीबार देशब्यापी आमहड्ताल गर्ने घोषणा गरेको छ ।

नेकपा उक्त समुहले बुधबार पार्टी कार्यालय पेरिस डाडामा पत्रकार सम्मेलन गरि संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले भोलि देशव्यापी आमहड्ताल तथा नेपाल बन्दको घोषणा गरेको हो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा ३२ पदाधिकारी नियुक्ति गरेका थिए ।

संयोजक श्रेष्ठले संवैधानिक निकायहरुमा गरिएको नियुक्ति बल मिच्याँई र निरंकुशतन्त्रको पराकाष्टा भएको बताए । त्यसको विरोधमा आम अड्ताल गर्नु आफूहरुको बाध्यता भएको भन्दै उनले आम सर्व साधरंमा केही असहज स्थिति हुने मा निम्ति पार्टीको तर्फबाट क्षमायाचना गरेका गरेका छन्।
उनले संविधान र लोकतन्त्रको रक्षाका लागि बर्तमान स्वरुपको संघर्ष गर्नुपर्ने अवस्था आएको बताए ।

दैनिक अत्यावश्यक सेवाका साथै परीक्षामा अवरोध नगर्ने संघर्ष समितिका सहसंयोजक पम्फा भुसालले बताइन् । परीक्षा दिन जाने विद्यार्थीहरुले प्रवेशपत्र देखाएर आफ्नो सवारी साधन ल्याउन पाउने संघर्ष समितिले जनाएको छ ।

 

 

 

Loading...