कमलपोखरीमा राजनीति

  काठमाडौं ।  काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमल पोखरी पुनर्निर्माणका क्रममा राजनीति हावी भएको बताउनु भएको छ । नेवाः राष्ट्रिय पत्रकार दबू काठमाडौं जिल्ला शाखा कार्यालयको कार्यालय उद्घाटन गर्नुहुँदै उहाँले उक्त कुरा बताउनुभएको हो । विघटित संसदका सांसद गगन थापा लगायत स्थानीय जनतासँग पटक–पटक छलफल गरी डिजाइनलाई अन्तिम रुप दिइ कमल पोखरी पुनर्निर्माणको काम अघि बढाएको भन्दै पुनर्निमाणको धेरै काम सम्पन्न भएपछि अनावश्यक वखेडा झिकेर राजनीति गर्ने काम भएको उहाँले बताउनुभयो । गगन थापाले कमल पोखरीलाई छठ पोखरी बनाउन चाहेकोमा आफुले सो पोखरीलाइ सांस्कृतिक पोखरी बनाउन चाहेको मेयर शाक्यले बताउनु भयो। काठमाडौं महानगरले गर्न खोजेको विकासको काममा राजनीतिक स्वार्थ राखेर अवरोध गर्दा समस्या हुने गरेको र कमलपोखरीमा पनि त्यहि गर्न खोजिएको शाक्यको भनाइ रहेको छ ।
शाक्यले कमल पोखरीमा त्यही क्षेत्रका विघटित संसदका सांसद गगन थापाले अहिलेसम्म कति खर्च गर्नुभएको छ त्यसको लिखित विवरण माग्दै पत्र पठाएको पनि जानकारी दिनुभयो । उहाँले गगन थापाले सबै विवरण दिएपछि छिट्टै कमलपोखरी परिसरमै पत्रकार सम्मेलन गरेर पोखरी पुनर्निमाणबारे सबै जानकारी दिने पनि दोहोर्याउनुभयो ।

नेवाः राष्ट्रिय पत्रकार दबू काठमाडौं जिल्ला समितिका अध्यक्ष अर्विनमान सिंको सभापतित्वमा भएको उक्त कार्यक्रममा समितिका पदाधिकारीहरू मनोज शाही, रत्न मन, प्रविण महर्जन लगायत केन्द्रीय अध्यक्ष सुरजवीर वज्राचार्यले पनि बोल्नुभएको थियो ।

Loading...