५८ वर्ष कैद सजाय तोकिएका फरार ब्यक्ति १५ वर्ष पछी पक्राउ

काठमाडौँ। महानगरीय अपराध महाशाखाले ५८ वर्ष कैद सजाय तोकिएका फरार ब्यक्ति १५ वर्ष पछी पक्राउ गरेको छ। काठमाण्डौ जिल्ला अदालतले २०६३।०९।२३ गते दिपक श्रेष्ठ चोरी गरेको मुद्दामा ५८ वर्ष कैद सजाय तोकेको थियो। फरार रहेका श्रेष्ठको खोजतलास गर्नको लागि महाशाखाबाट खटिएको विशेष टोलीले शनिबार का.म.न.पा. वडा नं. ६ बौद्धबात पक्राउ गरेको हो। पिडित नवराज न्यौपाने सहित १० जनाको दिएको फरक-फरक जाहेरी १० वटा चोरी मुद्दामा श्रेष्ठलाई पक्राउ गरेको महाशाखाले जनाएको छ। अदालतको फैसला कार्यन्वयनको लागि निजलाई सम्मानित काठमाण्डौ जिल्ला अदालतमा पठाइएको छ ।