भौतिक उपस्थितमा विद्यालय आजबाट खुल्दै

 

काठमाडौँ, माघ ४ । काठमाण्डौ उपत्यकाका धेरैजसो विद्यालयमा आजदेखि भौतिक रुपमै उपस्थित भएर पढाइ सुरु हुने भएको छ ।
कोरोनाको जोखिम कम भएको भन्दै पालिकाहरुले विद्यालय खोल्न अनुमति दिएसँगै विद्यालयहरुले विद्यार्थीलाई भौतिक रुपमै उपस्थित गराएर पढाइ सुरु गर्न लागेका हुन् । ललितपुर जिल्लाका धेरै पालिकाले आजदेखि विद्यालय सञ्चालन गर्ने भएका छन् । ललितपुर महानगरपालिकासहित ललितपुरका पालिकाहरुले विद्यालय खोल्न अनुमती दिइसकेका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिकामा पनि आजदेखि सबै विद्यालय खुल्ने भएको छ। काठमाण्डौ जिल्ला भित्र रहेका धेरैजसो पालिकाहरुले विद्यालय खोल्न अनुमति दिएका छन् भने काठमाण्डौ महानगरपालिकाले विद्यालय खोल्नेबारेमा आज छलफलगर्नेभएको छ।

Loading...