भारत र चीन नेपालका राम्रा छिमेकी भएकाले नेपाल एक अर्का बिरुद्ध कार्ड खेल्ने पक्षमा छैन

 

पुष २८ , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीन नेपालका राम्रा छिमेकी भएकाले नेपाल एक अर्का बिरुद्ध कार्ड खेल्ने पक्षमा नरहेको बताउनु भएको छ। भारतीय टेलिभिजन जी न्युजका पत्रकार सुधिर शर्मा संग कुरा गर्दै ओलीले दुवै छिमेकी विकासमा अगाडि भएकाले नेपालका लागि राम्रो अवसर भएको समेत उनले उल्लेख गरेका छन्  ।कुराकानी कै क्रममा उनले आगामी वैशाखमा घोषणा गरिएको चुनावमा आफ्नो पार्टीले बहुमत पाउने र नभए कम्तीमा पनि पहिलो दल बन्ने दाबी गरेका छन् ।

साथै नेपाल र भारतबीचको सम्बन्ध संधै सुमधुर हुने समेत उनको तर्क छ । ओलीले कुनैपनि मुलुक भुगोल र जनसंङख्याको हिसाबले ठुलो या सानो नहुने भन्दै एउटा भौगोलिक क्षेत्रमा रहेका दुई छिमेकबीच सार्वभौम हिसाबले हुनुपर्ने जिकिर गरेका छन् ।

भारतलाई ठुलो दाजु मान्न अस्वीकार गरेको भन्ने प्रश्नमा ओलीले उमेरमा मोदी ठुलो भएपनि प्रधानमन्त्रीका रुपमा एउटा सार्वभौम मुलुकका हिसाबले सम्बन्ध रहने बताएका छन् । ओलीले मोदीलाई व्यक्तिगत सम्मान गर्ने तर देश सानो-ठुलो नहुने तर यसलाई मोदीलाई सम्मान गरेन र बराबरी ठान्यो भनेर गलत अर्थमा नबुझ्न आग्रह समेत गरेका छन् ।

चीन र भारतबीच लद्दाखको गलवान उपत्यकामा विवाद र नेपालले नयाँ राजनीतिक नक्सासँग कुनै सम्बन्ध नरहेको समेत ओलीले प्रस्टयाए । ओलीले भारतसंगको सम्बन्धलाई थप प्रगाढ बनाउने पक्षमा नेपाल रहेको संकेत समेत गरेका छन् । प्रधानमन्त्री ओलीले भारतमा पछिल्लो समय नेपालले चीनको पक्ष लिइरहेको भन्ने बुझाइ गलत रहेको समेत स्पट पारेका छन् ।

Loading...