निर्वाचन सम्बन्धि गतिविधि रोक्न नेकपा दाहाल नेपाल समूह आयोगमा

 

 

पुस २७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको दाहाल–नेपाल समूहले निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगमा नै पुगेर आग्रह गरेको छ । निर्वाचन प्रक्रिया रोक्न आग्रह गर्न उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसहितको टोली सोमबार आयोग पुगेका हुन् ।

प्रतिनिधि सभा विघटनको मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै निर्वाचनको प्रक्रियाले अदालतमा विचाराधीन मुद्दा प्रभावित पर्ने सक्ने भन्दै तत्काल निर्वाचन सम्बन्धि तैयारीका सम्पूर्ण गतिविधि तत्काल पुर्णरुपमा रोक्न दाहाल–नेपाल समूहले आग्रह गरेको हो ।

आयोगले नियेमित कार्य ,मतदाता नामावली अध्यावधिक गर्ने तथा स्थायी प्रकृतिका मतदान केन्द्रहरू बारे मात्र काम भैरहेको अवगत गराएको छ । यसै गरि आयोगमा रहेको नेकपाका सम्पूर्ण दस्तावेजको प्रतिलिपिको समेत दाहाल नेपाल समुहले माग गरेको छ । आयोगले छलफल गरेर उपयुक्त निर्णय गर्ने र नेकपा सम्बन्धी आयोगसँग रहेका कागजात उपलब्ध गराउने जनाएको छ ।

Loading...