धार्चे बुढीगण्डकी बीच कार्यक्रम सुभारम्भ

पुस २५, गोरखा। प्रकृति र सस्कृतिको खुल्ला संग्रहालय धार्चेमा बुढीगण्डकी बीच सुभारम्भ भएको छ। धार्चे गाउँ पालिकाको आर्थिक सहयोगमा धार्चे पर्यटन प्रबर्धन समितिको आयोजनामा बिहिबार कासीगाउँ बेशीमा सगरमाथा आरोही, रक क्लाइमर र माउन्टेन गाइड हरुको टेक्निकल सहयोगमा सुरु भएको हो। गोरखा जिल्ला भित्रकै सम्भाव्य पर्येताकीय क्षेत्रको रुपमा अगाडी बढाउन विभिन्न कार्येक्रम गर्दै आएको गाउँपालिकाले रक क्लाइमिङको उद्घाटन गरेको छ। कार्यक्रममा गाउँ पालिका अध्यक्ष सन्त बहादुर गुरुङ , गाउँका युवाहरु लगाएत पालिकाको कर्मचारि हरुको उपस्थिति थियो। कार्येक्रमको उत्घाटन गर्दै अध्यक्ष गुरुङले बताए ‘ हामीले यो पालिकालाई प्राकृतिक खुल्ला संग्रालय बनाउदै पर्येतन क्षेत्रको पूर्वाधारलाइ मजबुत पार्दै मुख्य आयनै पर्येतन प्रवर्धन उदेश्यका साथ नमुना पालिका बनाउदै मुलुककै अर्थतन्त्रमा टेवा पुर्याउने हिसाबले विभिन्न योजनाहरु अगाडी बधाईएको छ। आन्तरी तथा बाहिय पर्येतकलाइ प्रवर्धन गर्ने उदेश्यले माघ १५ गते मितिनी मेलाको उपलक्ष्यमा हेलिकोप्टरबाट तल्लो मनास्लु र माथिल्लो मनास्लुको अध्ययन गर्ने, इपिसेण्टर साइक्लिङ टे्रलमा साइक्लिङ गर्नेसहितका सबै इभेण्टहरु जोडेर प्याकेज घोषणा गर्ने तौयारिमा छौ । विभिन्न प्राकृतिक झरनाहरुको अध्यन गरि देसकै ठुलो क्यानोनिङ हवको रुपमा बिकाश गर्ने लक्षरहेको छ। ’ धार्चे पर्यटन प्रवद्र्धन समितिले यसको व्यवस्थापन गर्ने गरी जिम्मेवारी दिएको उनले बताए । कार्यक्रमको सुरुवातमा रक क्लाइमिङको फाइदाहरुको बारेमा सर्टिफाइड इन्टरनेसनल माउन्टेन गाइड नरेन्द्र शाही बाट रक क्लाइमिङको इतिहास र रक क्लाइमिङबाट हुने २० ओटा फाइदा साथै एउटा मेडिटेसनको बाटो भएको जानकारी गराएका थिए ।

धार्चे गाउँपालिकामा मात्र नभई गोरखा जिल्लामै भाइरल भएको प्रसिद्द नौली खोला झरनाको पारि पट्टि रहेको द्यग्म्ज्क्ष्न्ब्ल्म्ब्प्क्ष् द्यभ्ब्ऋज् को भित्तामा रहेको पहरोमा यो कार्यक्रम सुरु गरिएको हो। सुरुवाती चरणमा लगभग २० मीटरको अग्लो पहाड चड्ने काम गरिएको र पछि विस्तार गर्दै लैजाने योजना रहेको छ, पर्यटनका लागि म भन्ने नाराका साथ सम्भबना र अबसरको खोजीमा निरन्तर लागि पर्नु भएको गाउँ पालिकाको अध्यक्ष गुरुङले अब येस्ता खालका कामलाई प्रोत्साहन गरि धार्चेलाइ पर्यटन हब बनाउने समेत बताउनु भएको छ।

Loading...