श्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार सहित २ जना पक्राउ

 

काठमाडौँ। महानगरीय प्रहरी प्रभाग नाँगढुंगाले १ करोड ४७ लाख ८६ हजार सहित २ जना पक्राउलाइ पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलिले सोमबार चन्द्रागिरि नगरपालिका वडा नं. २ स्थित नाँगढुङ्गा चेकप्वाईन्टमा कपिलबस्तुबाट काठमाण्डौतर्फ आउदै गरेको प्रदेश ३ -०१ ०२३ च २२५९ नम्वरको हुन्डाई सिल्भर रंगको कारलाई चेक जाँच गर्ने क्रममा श्रोत नखुलेको उक्त रकम सहित कार चालक संगम थारु र अमित कुमार गुप्ताका साथबाट बरामद गरिएको हो। कारको डिक्कीमा रहेको स्पेर टाएर मुनि लगायत कारको बिभिन्न भागमा लुकाईछिपाई ३ वटा झोला लगाएत विभिन्न स्थान बात फेला परेको प्रभागले जनाएको छ। उक्त रकम भारतबाट नेपालमा भारतीय रूपैया ल्याई सीमा क्षेत्रमा पटक पटक गरी सटही गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । यस सम्बन्धि थप अनुसन्धानको लागि उक्त सवारी साधन, बरामद गरीएको रकम सहित पक्राउमा परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि सम्पत्ति शुद्दिकरण बिभाग पठाईएको छ। 

Loading...