खुकुरी प्रहार गरि लुटपाट गर्ने गिरोह पक्राउ

काठमाडौँ। महानगरीय अपराध महाशाखाले खुकुरी प्रहार गरि लुटपाट गर्ने गिरोह पक्राउलाइ पक्राउ गरेका छन्। लुटेरा समुहले खुकुरी प्रहर गरि मैतिदेवि स्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने का.जि. कपन बस्ने बर्ष २५ को प्रेम गजमेरले मार्केटबाट कलेक्शन गरेको नगद रु १,६६,९१५ ।- ( एक लाख छैसठ्ठी हजार नौ सय पन्ध्र ) र सहकारीका अन्य कागजात तथा चेकबुक जबर्जस्ती लुटपाट गरि फरार रहदी आएका थिए। महाशाखाले लुटेरा समुह रोहन नेपाली, अभय तुलाधर, हरि शर्मा ,अमित तुलाधर , रोहित शाहि लाई शुकबार पक्राउ गरि खुकुरी थान २ तथा चोरी गरेका ४ वटा स्कुटर र १ थान मो.सा. सहित पक्राउ गरी आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी परिसर,काठमाडौं, महानगरीय प्रहरी वृत्त,गौशाला पठाईएको छ । 


प्रारम्भिक अनुसन्धानको क्रममा निजहरुले उपत्यकाका बिभिन्न स्थानबाट मोटरसाईकल तथा स्कुटर समेत चोरी गरि सो चोरी गरेको मो.सा. तथा स्कुटरको प्रयोग गरि चलिरहेको गाडिबाट बिभिन्न सर-सामानहरु जस्तै चुरोट , कपडा, टि.भि.तथा अन्य ईलेक्ट्रोनिक्स सामान पटक-पटक चोरी गरेको महाशाखाले जनाएको छ।

Loading...