आफुलाई नेदरल्याण्डको नागरिक बताई रकम ठगि गर्ने दुइ ब्यक्ति पक्राउ

 

पौष १४,काठमाडौँ। आफुलाई नेदरल्याण्डको नागरिक बताई रकम ठगि गर्ने दुइ ब्यक्ति पक्राउलाइ महानगरीय अपराध महाशाखाले पक्राउ गरेका छन्। सामाजिक संजाल Facebook मा Favour Willfered नामको आईडी प्रयोग सन्तोष श्रेष्ठ र आशा श्रेष्ठले विभिन्न ब्यक्तिहरुलाई Friend Request पठाई साथी बनी कुराकानी गर्दै जाने क्रममा पिडितहरु संग whatsapp मा समेत सम्पर्क गरी बिभिन्न बहाना बनाई आफू नेपाल घुम्न आउने, विवाह गर्ने, बहुमूल्य सामानहरु Iphone, सूनका गररहना तथा डलर समेत पठाई दिने भनी प्रलोभनमा पारी बिश्वास दिलाई ठगि गर्ने गरेको महाशाखाले जनाएको छ। दिपक किशोर श्रेष्ठ, सन्तोष श्रेष्ठ समेतको नामको बैंक खातामा र IME समेत बाट जम्मा रु. ४१ लाख ९८ हजार ४५०।- पठाउन लगाई ठगि गरेको घटनाको अनुसन्धानबात खुल्न आएको हो।
पक्राउ परेका दुवै जनाले महाशाखाले सोमबार सुन्धाराबाट पक्राउ गरि ठगि सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाइएको छ।

Loading...