आन्दोलनरत उखु किसानको हृदयघातका कारण मृत्यु

पुस १४ ,काठमाडौँ। 

मंसिर २८  देखि माइतीघरको आन्दोलनमा सहभागी रहदै आएका एक उखु किसानको हृदयघतका कारण ज्यान गएको छ। सर्लाही धनकौल छोटवल टोलका ६५ बर्षिय उखु किसान नारायण राय यादवको मंगलबार बिहान शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा हृदयघातका कारण निधन भएको हो। मृतक यादवले अन्नपूर्ण चिनी मिलसँग रू २४ लाख ६३ हजार पाउन बाँकी थियो भने बैंकको रू १८ लाख ऋण रहेको हाम्रो टिम नेपालका अभियानता भिम उपाध्याले सामाजिक संजालमा लेखेका छन् । 


यसै बीच सरकार र किसानबीच सोमबार साँझ २१ दिनभित्रै उद्योगीबाट सबै रकम भुक्तानी दिलाउने सम्झौता भएको छ । सरकार संग संझौता पछि अन्दोलालाई स्थगित गरेका उखुकिसानलाइ हाम्रो टिम नेपालले आजै खाजा खुवाएर गाडी भाडासहित आज घर पठाउदै बिदाइ गरेको छ।
उखु किसानहरुले २१ दिनभित्रमा उद्योगीहरुबाट सबै भुक्तानी नपाए फेरि आन्दोलन गर्ने बताएका छन् । उखु किसान संघर्ष समिति अध्यक्ष रामस्वार्थ रायले आफूहरुले उद्योगीबाट ९० कारोड रुपैयाँ लिनुपर्नेमा उद्योगीहरुले ६५ करोड रुपैयाँ मात्रै भुक्तानी दिन बाँकी भएको बताएकाले छानबिन गरी भुक्तानी दिलाउने सम्बन्धमा समेत सहमति भएको बताए ।

तर २१ दिनभित्रमा ६५ करोड रुपैयाँ मात्रै भुक्तानी हुनेछ । बाँकी रकम छानबिनको रिपोर्ट आएपछि सरकारले नै भुक्तानी गराइदिने जिम्मेवारी लिएको उखु किसान संघर्ष समिति सचिव हरिश्याम रायले बताए । छानबिन समितिमा उद्योग मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय र कृषि मन्त्रालयको तर्फबाट एक-एकजना प्रतिनिधि रहनेछन् । यस्तै उद्योगीबाट एकजना, किसानबाट तीनजना र उखु किसान संघर्ष समितिबाट दुईजना गरी १० जनाको छानबिन समिति गठन गर्ने सम्झौता भएको छ ।

 

Loading...