एक करोड छत्तिस लाख दश हजारको खाली चेक दिइ फरार रहेका व्यक्ति पक्राउ

 

पौष १४, काठमाडौँ। एक करोड छत्तिस लाख दश हजारको खाली चेक दिइ फरार रहेका व्यक्तिलाइ महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। वानेश्वर स्थित समानान्तर निर्माण सेवा प्रा.लि का निरोज कुमार थपलियालाइ जय बाबा गोरख कन्स्ट्रक्सन प्रा.लि का संचालक श्याम कुमार श्रेष्ठले दिएको चेक बापत पाउनु पर्ने रकम भुक्तानी नपाएपछि निज थपलियाले महाशाखामा उजुरी दिएका थिए। बैकिङ्ग कसुर गरि फरार रहेका श्रेष्ठलाई मंगलबार पक्राउ गरि आवश्यक अनुसन्धानका लाइ मह्नागरिय प्रहरी परिसर पठाइए महाशाखाले जनाएको छ।  

Loading...