मन्त्रिमण्डलमा थपिने नयाँ अनुहार सुचीमा को को पर्ला ?

  काठमाडौँ – नेकपा पार्टी विधिवत रुपमा दुइ कित्तमा बिभाजन भएपछी प्रचण्ड–माधव पक्षका सात जना मन्त्रीको सामुहिक राजीनामा पछि रिक्त मन्त्रिमण्डलमा नयाँ आउने अनुहारबारे बालुवाटारमा चर्चा सुरु भएको छ ।
मंगलबार अपरान्हबाट सुरु भएको चर्चा अनुसार पूर्व माओवादी तर्फका टोपबहादुर रायमाझीको नाम उर्जा मन्त्रालयका लागि प्रस्तावमा पुगेको छ ।

यस अघि उक्त मन्त्रालय पूर्व माओवादी नेता बर्षमान पुन ले सम्हालेका थिए । / यसै गरि पूर्व माओवादी तर्फका मणि थापालाई श्रम मन्त्रालय दिने बारे छलफल अगाडी बढेको स्रोतले जनाएको छ । यस अघि उक्त मन्त्रालय पूर्व माओवादी नेता बर्षमान पुन ले सम्हालेका थिए भने , थापा क्रान्तिलाई पूर्णता दिन नसकेको भन्दै अध्यक्ष प्रचण्डसंग असन्तुष्ट र लामो समय संसदीय व्यवस्था विरुद्ध खेमामा उभिएका नेतामा गनिन्छन ।
यसै गरि रिक्त रहेको खानेपानी मन्त्रिमा भने पूर्व कानुनमन्त्री शेरबहादुर तामाङलाई लैजाने तयारी भएको वताइएको छ । महेश बस्नेतको भागमा यस अघि शक्ति बस्नेतले सम्हालेको बन मन्त्रालय पर्छ वा योगेश भट्राइले सम्हालेको पर्यटन मन्त्रालय, ति दुई मध्य एउटामा बस्नेतलाई लगिने बारे चर्चा अगाडी बढेको छ । यद्यपि छुटिएर गएका प्रचण्ड–माधव समुहबाट अझै दुई चार जना सांसद तान्ने तरखरमा ओली पक्षले आफ्नो कसरत लाइ ब्यापकता दिएको छ। बलियो पाका सिनियर नेता तान्न सकिएको अवस्था यस पटक बस्नेतलाई मन्त्रालयको जिम्मामा सिमित राखेर पार्टी बलियो बनाउन सहयोगी भूमिका दिइने बिषयमा पनि छलफल भएको सुत्रको दावी छ । मन्त्रि बन्ने अर्का नयाँ अनुहारमा राजेन्द्र गौतम पनि उस्तै चर्चामा रहेपनि कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने एकिन नगरिएको श्रोतले बताएको छ।

 

 

 

 

 

 

Loading...