नख्खु क्षेत्र बिहानै तनाव ,टिपरले धुवा धुलो बनाएपछि निसासेका जनता सडमा उत्रिय

 

ललितपुर। ललितपुरको नख्खु क्षेत्रमा अत्यधिक धुलोका कारण जनजीवन नै असहज बने पछि सोक्षेत्रका बासिन्दाले सडक जाम गरि अन्दोल गरेका छन्। खोला छेउ भएर चल्ने गरेका टिपर सडक भत्काउने र बर्षौ देखि दिनभर अत्यधिक धुलो धुवा र बर्षमा हिलो बनाउने गरेपछि मंगबार नख्खुखोल पुलमा सडकमा आएर उनीहरुले प्लेकार्ड सहित नार जुलुस गरेका हुन्। आफुहरुले पटक पटक स्थानी वडा कार्यालय , ललितपुर महानगरपालिका तथा सोक्षेत्रका स्थानीय नेताहरुलाई समेत भेटेर ज्ञापन पत्र बुझाउदा , गुनासो गर्दा समेत कुनै सुनुवाई नभएको भन्दै आदोलन ,सडक जाम गर्न बाहेक बिकल्प नरहेको कारण स्थानीय बलराम पाण्डेको नेतृत्वमा बल्खु खोला वरिपरि धुवाधुलो पिडित समिति नै खडा गरि धर्ना जुलुस गर्न परेको अभियानता अनुप लामेछाने बताउछन। पहिलो चरणको आन्दोलन स्वरूप धर्ना जुलुस गर्दा पनि धुवा धुवाको समस्या समाधान नभए सडकजाम गरि अझै कडा रुपमा प्रस्तुत हुने लामेछानेले बताए।

Loading...