एकिकृत नेवाः( नेवार ) आन्दोलनको तयारी

पुस २ ,काठमाडौँ – काठमाडौँ उपत्यका भित्रका नेवार समुदायले भिन्दा भिन्दै स्वरुपमा गर्दै आएको आन्दोलनलाइ एकीकृत गरि संयुक्त रुपमा अगाडी बढाउने बारे छलफल सुरु भएको छ। गुथि आन्दोलन, खोना बुंगमति फास्ट ट्राय्क, उपत्यका सडक विस्तार पीडित संघर्ष समिति, ड्राइपोर्ट आयोजना विरुद्ध संघर्ष समिति, पशुपति गुरुयोजना विरुद्ध आन्दोलन, भक्तपुर ( ख्वप) को रंगशाला निर्माणको निर्णय विरुद्ध आन्दोलन गर्दै आएका समेत २० वटा संस्थाका सदस्यहरुका बीच अबको आन्दोलनको तैयारी कसरि बढाउने भन्ने बारे तथा संयुक्त आन्दोलन गर्ने बारे बुधबार छलफल भएको हो। काठमाडौँका नेवा: समुदाय गर्ने भनिएको आन्दोलन एकिकृत रुपमा हुने भए सशक्त स्वरुपको हुने खबर बाहिरिएको छ।