सवारीसाधनमा जोरबिजोर प्रणाली शुक्रबार बाट हट्यो

पुस २ , काठमाडौं ।

कोरना महामारीका कारण उपत्यकामा असोज १ बाट लागू भएको जोरबिजोर प्रणाली शुक्रबारदेखि सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर-बिजोर प्रणाली हट्ने भएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोर-बिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकालेको हो ।

ब्यबसायी , मगादुर संगको छलफल पश्चात जोरबिजोर हटाउने सहमतिसँगै भोलि शुक्रबार बाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन् । तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजी सवारी चल्न दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् ।जोरबिजोर प्रणाली यात्रुको चाप दिन प्रतिदिन बढ्दै बढ्दै गर्दा व्यवसायीले सबै सवारी सञ्चालन गर्ने निर्णय गरेका थिए। 
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजदुर संगठनले शुक्रबारबाट जोरबिजोर प्रणाली उल्लंघन गर्ने सार्वजनिक गरे पछि आजै सबै निकाय बीच बैठक बसेको हो।