अन्तरविद्यालय फुटबल प्रतियाेगितामा साहारा नेशनलद्वारा ज्ञान निकेतन पराजित

काठमाडाैं । ज्ञानोदय बालबाटिकाले आयोजना गरेको ‘अन्तर विद्यालय ज्ञान कार्ने’ प्रतियोगितामा साहारा नेशनल स्कूल शंखमूलले शुक्रबार भएको खेलमा शंखमूलमै रहेको ज्ञान निकेतल स्कूलाई ३-१ गोलले पराजित गरेको छ ।

ललितपुरको खोकनामा आयोजना गरिएको यो प्रतियोगितामा उपत्यकाकाका सबै निजी तथा सरकारी विद्यालयले सहभागिता जनाएका छन् । शुक्रबार भएको खेलमा साहारा नेशनल स्कूलका तर्फबाट अनिश केसी, सुदन मगर र ले आकर्षक गोल गरेका हुन् ।

साहाराले पहिलो खेलमै जित हासिल गरेको हो । यसअघि यस प्रतियोगिताका लागि छनौट खेल सञ्चालन गरिएको थियो । छनौट चरण पार गरी प्रतियोगितामा सहभागी भएको साहाराले आइतबार खेल खेल्दैछ । यस प्रतियोगिताको विजेतालाई बससहितका विभिन्न पुरस्कार दिने घोषणा गरिएको छ ।

Loading...