सम्पदा पुनर्निर्माण समयमै नसकिनुमा सरकारी ढिलाई : मेयर महर्जन

 कात्तिक ३० काठमाडौँ । ललितपुर महानगरपालिका भित्र रहेका सम्पदाको पुनर्निर्माण समयमानै सम्पन्न नहुनुमा सरकार ढिलाई मुख्य कारण भएको आरोप महानगरपालिका मेयर चिरि बाबु महर्जनले लगाएउनु भएको छ । आइतबार पतन दरवार क्षेत्र भित्र ललितपुर उद्योग वाणिज्य संघद्वारा अयोजित खड्ग पायाः जात्रा नामक पुस्तक बिमोचन कार्यक्रममा मेयर महर्जनले महाभूकम्प बाट क्षेति भएका सम्पदा पुर्ननिर्माणका लागि ठेक्कामा दिएका मध्ये ललितपुर शंखमुलमा अवस्थित जगत नारायण शिवालय र शंखमुलेश्वर महादेव मन्दिर, बुङ्गमतीमा रहेको रातो मन्च्छिन्द्रनाथ लगायतका चार मन्दिरहरुका पुननिर्माणमाा सरकारका कारण ढिलाई भएको बताउनु भयो ।


स्थानीय जनस्तरको सहभागितामा पुननिर्माण भैरहेको दरवार क्षेत्रमा रहेको भीमसेन मन्दिर लगायतका सम्पदाहरुको निर्माण छिटो भएको उल्लेख गर्दै मेयर महर्जनले अन्य ठेक्का प्रणाली बात भैरहेका पुनर्निर्माणमा सरकारका कारण ढिलो भएको बताउनुभयो । उहाँले नगरमा ऐतिहासिक पाटी पौवा लगायत निर्माणलाई पनि महानगरले प्राथमिकतामा राखेको जानकारी दिनुभयो । 

जात्रा सञ्चालन तथा पुस्तक प्रकाशनमा उल्लेखीय भूमिका खेलेका व्यक्तित्वोहरुलाई सो अवसरमा सम्मानित् भएका थियो ।

 

 

 

 

Loading...