कुवेत पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ

 

काठमाडौँ। कुवेत पठाईदिन्छु भनि रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेको छ। गौशाला स्थित राज देवी ईन्टरनेश्‍नल प्रा.लि.को कर्मचारी बुधनारायण चौधरीले वैदेशिक रोजगारको लागी कुवेत पठाईदिन्छु भनि बिभिन्न प्रलोभनमा पारी विश्वास दिलाई प्रतिव्यक्ति रु. २लाख सम्म रकम उठाई ७० जना भन्दा बढी व्यक्तिहरुलाई ठगी गरि सम्पर्क विहीन भई फरार अबस्थामा रहेको हो। मोरंग घरभई नयाँ वानेश्‍वर, शान्तिनगर बस्ने चौधरीलाइ अपराध महाशाखा टोलीले शुक्ताबार पक्राउ गरेको छ । कमल कुमार माझी समेतले आफुलाई ठगी गरेको बिषयमा महाशाखामा निवेदन दिएको आधारमा अनुसन्धान निज चौधरीलाई पक्राउ गरेको महाशाखाले जनाएको छ। थप अनुसन्धान तथा कारवाहीको लागी महाशाखाले शुक्रबार महानगरीय प्रहरी परिसर, काठमाण्डौमा पठाईएको छ । 

Loading...