काठमाडौं – हेटौडा अब ५५ किमि यात्रा गरे पुग्ने

काठमाडौँ। काठमाडौँ बात बागमती प्रदेशको स्थायी राजधानी हेटौंडा जोडिने सबैभन्दा छोटो दुरीको मार्ग निर्माण हुने भएको छ। मकवानपुर भैँसे–भीमफेदीसम्मको ११ किमि सडक दुई लेनको बनाउने कार्य जारी छ । यो मार्गको सबैभन्दा जटिल मानिने भीमफेदीदेखि कुलेखानी हेवीसम्मको १६ किमि उकालो बाटोलाई ३ दशमलश २१ किमि सुरुङ निर्माण गरी छोत्यौदै सहज बाटो बनाएर बाटोको दुरी कम गर्ने र कुलेखानी हेवीदेखि सिस्नेरीसम्मको ६ किमि बाटो निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

भीमफेदी–कुलेखानी सडक निर्माणपछि फाष्ट्रयाकको कोगटे दोभमन खण्डमा सडक जोडिँदा हेटौंडाबाट काठमाडौं ५५ किलोमिटर मात्र हुनेछ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, विकासमन्त्री रामेश्वर फुयाँल, योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल, प्रधानमन्त्रीका पूर्वाधार सल्लाहकार गजेन्द्र थपलिया, प्रदेश नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेत, पूर्वाधार विकास मन्त्रालयका सचिवलगायत प्राविधिक टोली, नेपाली सेनाका प्राविधिक समूहले शनिबार स्थलगत अनुगमन गरेको छ ।

अध्ययनलाई तत्काल अगाडी बढाउन मुख्यमन्त्री पौडेलले निर्देशन दिएका छन् । सोमबार प्रकासित हेटौंडा सन्देश दैनिकमा समाचार छ ।

Loading...