‘बलात्कारी संगठन’ नामक फेसबुक पेज खोल्ने मुख्य ब्यक्ति पक्राउ

काठमाडौँ। सामाजिक संगठन फेसबुकमा ( बलात्कारी संगठन ) नामको पेज तथा समूह बनाई बलात्कार जस्तो जघन्य अपराध गर्न उत्प्रेरित गर्ने मुख्य ब्यक्ति पक्राउ परेको छ। प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले अश्लिल सामग्री पोष्ट गर्ने ,प्रतिक्रिया जनाउने लगाएत कार्येहरु भैरहेको भन्ने विभिन्न माध्यमबाट प्राप्त सुचना तथा निवेदनको आधारमा अनुसन्धानको क्रममा माथगढी गाउपलिका १ पाल्पाका अभिषेक नेपाललाई सोमबार पक्राउ गरेको छ। पक्राउ परेका नेपालले फेसबुक समूह ( बलात्कारी समूह )नामक ग्रुप बनाई महिलालाई अपमान गरि हैरानी दिने ,असामाजिक सामग्री पोस्ट गर्ने गतिविधि गरेको कारण निज नेपाललाई विधुतीय कारोबार एन २०६३ को दफा ४७को उपदफा (१) बमोजिम कसुर गरेको खुल्न आएको व्युरोले जनाएको छ। पक्रौपरेका नेपाललाई सम्मानित जिल्ला अदालत काठमाडौँ बात पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको हो। थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

यस अगाडी गएको शुक्रबार नेपाल प्रहरीले फेसबुक ग्रुप खोलेर त्यसमा म बलात्कार गर्न निस्कँदै छु भन्ने नविनलाई पूर्वी नवलपरासीबाट पक्राउ गरेको हो ।  

Loading...