राजोपाध्याय समाजमा कलाकार संजयको नेतृत्व

  ललितपुर । काठमाडौं उपत्यकाका आदिवासी व्राम्हणको रुपमा परिचित देव ब्राम्हण राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाजले कलाकार संजय शर्मा राजोपाध्यायको नेतृत्व पाएको छ । गत शनिबार सम्पन्न समाजया सातौं वार्षिक साधारण सभा र तेश्रो अधिवेशनले राजोपाध्यायलाई समाजको नयाँ अध्यक्ष चयन गरेको हो ।
तेश्रो अधिवेशनले निर्विरोध चयन गरेको नयाँ कार्य समितिको उपाध्यक्षमा रचना शर्मा राजोपाध्याय हुनुहुन्छ भने महासचिवमा पत्रकार बिराजकाजी राजोपाध्याय चयन भएका छन् । त्यसैगरी वन्दना सचिव, उद्धव आचार्य राजोपाध्याय कोषाध्यक्ष र चेतनादेवी शर्मा राजोपाध्याय सह कोषाध्यक्ष पदमा हुनुहुन्छ । त्यस्तै १३ सदस्यीय कार्य समितिको सदस्य पदमा विजय शर्मा राजोपाध्याय, विरु सुवेदी राजोपाध्याय, सुजित राजोपाध्याय, श्रीमणी राज शर्मा राजोपाध्याय, रक्षण राजोपाध्याय, महेश बाबु शर्मा राजोपाध्याय व गिरिश शर्मा राजोपाध्याय रहेका छन् ।
नव निर्वाचित अध्यक्ष संजय शर्माले समाजलाई एकतावद्ध बनाउँदै समाजको सर्वाङ्गिण विकासका लागी निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सोभन्दा अघि अधिवेशनको उद्घाटन सत्रमा नेवाः देय् दबूका अध्यष नरेश ताम्रकारले राजोपाध्याय शब्दले नै काठमाडौं उपत्यकाका नेवार समुदायको गुरु पुरोहितको रुपमा देव ब्राम्हणहरुको विशिष्ट पहिचान बोकेको भन्दै सबै देव ब्राम्हणले ब्राम्हणको अन्य थरसँगै राजोपाध्याय पनि लेख्नुपर्नेमा जोड दिनुभयो ।
देव ब्राम्हण समाजभित्रका ब्राम्हणहरुले विगतमा शर्माको साथमा सुवेदी, रिमाल र आचार्य पनि लेख्ने गरेको पाइन्छ भने तत्कालीन समयमा राजाको गुरु पुरोहित भएको नाताले राजोपाध्याय पनि भन्ने गरिएको हो ।
त्यस्तै मानवअधिकारवादी नेताको साथमा भाषिक आन्दोलनका अगुवा समेत रहेका मल्ल के. सुन्दरले देव ब्राम्हण समाजसँग कुशल वाचन कला भएको उल्लेख गर्दै यहि कलालाई नै व्यावसायिकीकरण गर्दै आर्थिक उन्नतीतर्फ अघि बढ्नुपर्ने बताउनुभयो ।
सोही कार्यक्रममा संक्रमणको जोखिमको अवस्थामा अग्रपंत्तिमा रही संक्रमित र विरामीहरुको उपचारमा खटेका राजोपाध्याय चिकित्सक, स्वास्थ्यकर्मीहरुको सम्मानमा म्यूजिक भिडियो प्रदर्शन गरिएको थियो । भिडियोमा संक्रमणया अवस्था दर्शाउनुका साथै उपचारमा खटेका राजोपाध्याय स्वास्थ्यकर्मी व चिकित्सकहरुको फोटो समावेश गरिएको छ । उक्त म्यूजिक भिडियोको गीतमा अमरराज शर्माको रचना र संगीत रहेको छ भने अमरराज र रत्नशोभा महर्जनले स्वर दिएका छन् ।
साथै महामारीको अवस्थामा भौतिक रुपमा उपस्थित गराई सम्मान गर्न नसकिएको भन्दै २०७६ सालको एसईई उत्तीर्ण हुने राजोपाध्याय विद्यार्थीहिरुको पनि सम्मान स्वरुप विद्यार्थीहरुको फोटो प्रदर्शन गर्दै नाम घोषणा गरिएको थियो ।
कार्यक्रममा समयानुकुल राजोपाध्याय चिकित्सक र स्वास्थ्यकःमिको साथै एसईई उत्तीर्ण विद्यार्थीहरुलाई भौतिक रुपमै उपस्थित गराई सम्मान गर्ने जानकारी गराइएको थियो ।
संक्रमणको जोखिमका कारण समाजले यस पटक जुममार्फत भच्र्युअल रुपमा कार्यक्रमको आयोजना गरेको थियो ।

Loading...