सामाजिक संजालबात सुनको सिक्री, iphone र २० हजार डलर पठाएको छु भनि लाखौं रकम ठगी गर्ने महिला पक्राउ

असोज १९ ,काठमाडौँ। सामाजिक सञ्जाल फेसबुकमा Dr.james sonar र James andy नाम गरेको ब्यक्तिले फ्रेन्ड Request पठाई साथी बनाई बुभिन्न प्रलोभनमा परि लाखौ ठगि गर्नेलाइ प्रहरीले पक्राउ गरेको छ। रुपन्देही सैनामैना न.पा.वडा नं.११ सालझण्डी घर भई हाल का.जि.चन्द्रागिरी न.पा.वडा नं.७ गुर्जुधारा बस्ने बर्ष ३१ की सिता भुषालले आफू लण्डनको नागरिक हो भनि परिचय दिई फेसबुक का विभिन्न साथी संग कुराकानी गरी विवाह गर्छु भनि बिश्वास दिलाई जन्म दिनको अवसरमा सरप्राईज गिफ्ट पठाई दिन्छु भनि सुनको सिक्री, iphone र २० हजार डलर पठाएको छु भनि फोटो समेत पठाई प्रलोभनमा पारी लाखौ रकम ठगी गर्ने गरेको महानगरीय अपराध महाशाखाको प्रारम्भिक अनुसन्धान बाट खुलेको महाशाखाले जनाएको छ। अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले निज भुसाललाइ सोमबार पक्राउ गरी आवश्यक अनुसन्धानको लागि महानगरिय प्रहरी परिसर, काठमाण्डौ पठाईएको छ ।

Loading...