पत्रकारहरुले गरेको चरणबद्ध आन्दोलन अन्तर्गत पाँच दिने रिले अनसन समापन

असोज १९ , काठमाडौँ । विभिन्न सञ्चारसंस्थाबाट पीडित भएका पत्रकार तथा कर्मचारीले सुरु गरेको रिले अनशन सकिएको छ।

कोरोना महामारीको बहानामा जबर्जस्ती मिडिया हाउसबाट निकालिएका, तलब नदिइएका तथा तलब माग्दा दुर्गम क्षेत्रमा सरुवाका साथै महिनौंदेखि तलब नदिने गरिएका पत्रकारहरुले चरणबद्ध आन्दोलनको घोषणा गर्दै पहिलो चरणमा पाँच दिने रिले अनसन सुरु गरेको हो ।
पत्रकार महासंघमहासंघका सचिव प्रकाश थापाले सोमबार रिले अनसन बसेका पत्रकारलाइ जुस पिलाएर अनसन समापन गराउनु भयो।

नेपाल पत्रकार महासंघको समन्वयमा बिहीबार पीडित पत्रकार(कर्मचारी संयुक्त संघर्ष समितिले पहिलो चरणको आन्दोलन स्वरुप रिले अनशन सुरु गरेको हो। पाँच दिने अनशनमा विभिन्न राजनैतिक दल , संघ सस्था, पत्रकारका विभिन्न संघसंगठनले ऐक्यवद्धता जनाएका थिए । 

Loading...