आफूलाई धम्की दिने युवकलाइ हिरासतमुक्त गर्न ललितपुरका मेयरको आग्रह

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफूलाई मार्ने अभिव्यक्ति दिने युवालाई विनासर्त रिहा गर्न प्रहरीलाई आग्रह गरेका छन् । बुधबार प्रेस बिज्ञप्ति जारि गर्दै मेयर महर्जनले रातो मत्स्येन्द्रनाथको रथ तान्ने सन्दर्भमा मेयरको टाउको काट्ने अभिव्यक्ति दिने सञ्जय शाक्यले आक्रोस आएर यस्तो अभिव्यक्ति दिएको हुनसक्ने भन्दै स्थानीय प्रशासनलाइ आग्रह गरेका हुन्। शाक्यलाई ललितपुर प्रहरीले २१ भदौमा पक्राउ गरेको थियो ।

यसै गरि मेयर महर्जनले रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेका सस्कृति अभियानताहरूलाई समेत अबिलम्ब रिहा गर्नुपर्ने माग गरेका छन् । उनले महानगरपालिकाभित्र भएको घटनामा पक्राउ परेकाहरूको रिहाइका लागि महानगरपालिकाको प्रमुखको हैसियतले ज्यापू समाज र रथयात्रासँग जोडिएका १९ वटै संघसंस्थासमेतले निःसर्त रिहा गर्न प्रशासनलाई आग्रह गरेको सो बिज्ञप्ति माउल्लेख गरेका छन्।
भदौ १८ गते सस्कृति अभियानता तथा स्थानीय युवा समूहले ललितपुरको पुल्चोकमा रहेको रातो मच्छेन्द्र नाथ रथ तानेको थियो । रथ तान्ने क्रममा प्रहरी र रथ तान्न गएका समूहहरूबीच झडप भएको थियो । झडपमा संलग्नलाई प्रहरीले पक्राउ गरेको थियो ।

Loading...