सहायक क्याम्पस प्रमुख गुप्ताकाे निधनप्रति नेविसंघकाे शाेक सन्देश

भदौं१४, वीरगञ्ज । गत भदौ १ गते निधन भएका ठाकुराम बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रमोद कुमार गुप्ता प्रति श्रद्धान्जली अर्पण गर्दै नेविसंघ ठाकुराराम एकाई समितीले शोक सन्देश प्रकाशित गरेको छ ।

नेविसंघ ठाराब अध्यक्ष मनोज कुमार साहद्धारा हस्ताक्षरित शोक सन्देशमा सहप्राध्यापक गुप्ताको असामायीक निधनले आफुहरुलाई दुःखी बनाएको उल्लेख छ ।

नेपालकाे सम्पूर्ण लाेकतान्त्रिक अान्दोलन तथा पर्सेली समाजमा उहाँले निर्वाह गर्नुभएकाे अग्रणी भुमिका सधै स्मरणमा रहि रहने जनाइएकाे छ ।

यस शाेककाे घडीमा दिवगंत अात्माकाे चिर शान्तिकाे कामना गर्दै नेविसंघले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेकाे छ ।

साथै यस दु:खद घडिमा परिवारजनमा पर्न गएकाे असहनिय दु:ख र पिडा भगवान श्री पशुपतिनाथले सहने क्षमता प्रदान गरून भनी नेपाल विधार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पस एकाई समितिले समवेदना पनि व्यक्त गरेकाे हाे । 

  yatradaily.com बाट साभार 

Loading...