उपत्यका भित्र निषेधाज्ञा अवधिमा यस किसिमको सवारीसाधन मात्र संचालन गर्न पाइने –

  

  काठमाडौँ ।   काठमाडौँ उपत्यकामा बिहिबारबाट हिडदुल या बिनाकारण निस्कन निषेध गरिएको छ।
बुधबार राति १२ बजे देखि  भदौ १० सम्म लागु हुने निषेधाज्ञाको आदेशानुसार प्रहरीले अत्यावश्यकबाहेकका अन्य गतिविधिमा निकै कडाई गरिने भएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बिनाकारण घर बाट बाहिर निस्किय सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने बताउनु भयो। उक्त ऐनमा आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर एक महिनासम्म कैद वा रु १०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तै यो ऐनअन्तर्गत अधिकृत व्यक्तिलाई काममा बाधा पु¥याउनेलाई छ महिनासम्म कैद वा रु ६०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

यसै गरि उहाले सवारीसाधन सञ्चालनका लागि पूर्व अनुमति आवश्यक नपर्ने भनि तोकिएका अत्यावश्यक वस्तु वा सेवाअन्तरगत पर्ने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आईसोलेसन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने विरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइने बताउनु भयो ।

संचार गृहमा कार्येरत पत्रकारका लागि सकेसम्म न्यून सङ्ख्या हुने गरी आफ्नो परिचयपत्रका आधारमा सहजीकरण गरिने प्रमुख जिल्ला अधिकारी दाहालले बताउनु भयो ।
कोभिड–१९ को सङ्क्रमण फैलिँदै गएकाकारण यसअघि बनदाबन्दीमा प्रदान गरिएको सवारी पास यसपाली भने कुनै निकाय बाट जारी नगरिने भएको छ ।

Loading...