थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा थपिए १५९ संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ६ सय ८१ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित हुनेमा २ सय १६ महिला र ४ सय ६५ जना पुरुष गरी ६ सय ८१ जनामा रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ सय २० जनाले कोरोना जितेको बताए।आज संक्रमण मुक्त भएकासँगै देशभर कूल १७ हजार सात सय संक्रमित डिस्चार्ज भएका छन्। जुन निको हुने संख्या ६१.२ प्रतिशत हो।

अहिले १३ हजार ५ सय ७१ जना क्वारेन्टाइनमा रहेका छन्। यस्तै देशभर ११ हजार १ सय १८ सक्रिय संक्रमित रहेका छन्। काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १ सय ५९ जना संक्रमित थपिएका छन् ।  नयाँ थपिएका संक्रमितमध्ये काठमाडौंका १ सय ३४, ललितपुरका १७ जना र भक्तपुरका आठ जना रहेका छन्।

Loading...