सरकारी विरोधी प्रदर्शनको रिपोर्टिङमा गएका बेलारूसका १० पत्रकार रिहा गर्न माग

एजेन्सी । सरकारी विरोधी प्रदर्शनको समाचार संकलनमा खटिदा बेलारूसमा पक्राउ परेका १० जना पत्रकारलाई तत्काल रिहाइ गर्न त्यहाँको पत्रकार महासंघले माग गरेको छ ।

आन्दोलनको समाचार सङ्कलन तथा सम्प्रेषण गरेको आरोपमा नियन्त्रणमा लिइएका १० पत्रकारलाई हिरासतमा राखिएकोमा आपत्ति जनाउँदै बेलारूसको पत्रकार महासङ्घ (बीएजे) का उप–प्रमुख बोरिस गोरेत्स्कीले तत्काल उनीहरूको रिहाइ गर्न माग गरेका हुन् ।

उनीहरूलाई राष्ट्रिय शान्तिमा खलल पुर्‍याउने उद्देश्यले समाचारहरू सम्प्रेषण गरेको आरोपमा अभियोजनकर्ताहरूले हिरासतमा राखी छानविन गर्न अनुमति दिएका छन् ।

समाचार सङ्कलन तथा सम्प्रेषण गरेकै आरोपमा पक्राउ गरी हिरासतमा राखिएका सहकर्मीहरूलाई निशर्त रिहा गर्न सूचना तथा सञ्चार, गृह तथा सञ्चारमाध्यमका प्रतिनिधिहरू सम्मिलित एक बैठकमा गोरेत्स्कीले यस्तो माग गरेका हुन् ।

Loading...