बालाजु बाइपास क्षेत्रमा घर भत्काइएको बिरोधमा रिले अनसन, विभिन्न सस्थाको ऐक्यवद्दता

साउन २६,काठमाडौँ ।  गैर न्यायिक सडक विस्तारगरि आफ्नो घर भत्काएको भन्दै विरोधमा काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु–बाइपासस्थानीयहरुले शनिबारबाट रिले अनशन सुरु गरेका छन् ।

सर्वोच्च अदालतको आदेशविपरीत सडक विभाग र उपत्यका विकास प्राधिकरणले उक्त सडकमा रहेका घरहरु बलपुर्बक ,गैरन्यायिक ढंगबात भत्काउँदै विस्तार कार्य अघि बढाएको आरोप पछि स्थानीय र सडक बिस्तार संघर्ष समिति अवद्दा अभ्यानाताले अनशन सुरु गरेका हुन् ।
रिले अनसनको तेश्रो दिनसम्म आइपुग्दा विभिन्न समाज , सस्थाले बिरोधमा आफ्नो ऐक्यवद्दता जनाएको छ। नेवा: जातिय छाता संगठन नेवा: देदबु , हलीं नेवा: गुठि ( world newa guthi ) लगाएत अन्य सस्थाले नेवा जातिलाईआफ्नो भुमि बात बिस्थापित गर्ने गरि गरिएको सडक बिस्तारको बिरोध जनाएको छ।

२०७३ साल चैत ८ गते सर्वोच्च अदालतले छलफलमार्फत् टुंगो नलागेसम्म सो क्षेत्रमा घर–आँगनमा प्रवेश गर्ने, अनाधिकृत कब्जा गर्ने, भत्काउने काम नगर्न उपत्यका बिकाश प्राधिकरण ,उपत्यका सडक बिस्तार आयोजना,उपत्यका बिकाश प्राधिकरण जिल्ला आयुक्त कार्यालय , काठमाडौँ महानगर पालिका र महानगरीय प्रहरी बालाजु वृत्त समेतलाई अन्तरकालीन आदेश जारी गरेको थियो ।

सर्वोच्चले गरेको अन्तरिम आदेश हुदाहुदै गएको मंगलबार गाईजात्राका दिन केही घर भत्काएपछि पीडित भनिएका स्थानीयले सो क्षेत्रमा प्रदर्शन गर्दा केहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ परेका अभियानता र पिडित स्थानीयले बुधबार महानगरीय प्रहरी वृत्त बालाजु चौकीमा अत्यधिक बल प्रयोग गरि आफुहरुलाई पक्राउ गरिएको बिरोधमा धर्नासमेत दिएका थिए ।
यसैगरि मानवाधिकार आयोगका प्रतिनिधिले सोमबार सो क्षेत्रमा यस बिषयमा जानकारी लिएको अभियानता तथा पिडित महेश्वर मानन्धरले बताए।

उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमीले सो स्थानका जनप्रतिनिधिले शक्तिकै आडमा जबर्जस्ती घर भत्काएको भन्दै विस्थापित भएका पीडितलाई पुनर्बासको व्यवस्था गर्नुपर्ने माग गर्नुभएको छ ।

अनसन बसेका उनीहरुले सर्वोच्चको अन्तरकालीन आदेशको बाबजुद कुन निकायको आदेशमा सो स्थानका घर भत्किएको हो भनि कानुनी रुपमा अगाडी जाने बताएका छन् ।

Loading...