चौथोपटक प्रधानमन्त्री बने महिन्दा राजपाक्ष

महिन्दा राजपाक्षले आइतबार श्रीलंकाको प्रधानमन्त्रीका रुपमा शपथ लिएका छन् । श्रीलंका पिपुल्स पार्टी (एसएलपिपी) का ७४ वर्षे नेता राजपाक्ष चौथो पटक प्रधानमन्त्री बनेका हुन् ।

श्रीलंकाको नवौँ संसदका लागि उत्तरी कोलम्बोको उप–नगर केलानियामा रहेको ऐतिहासिक बौद्ध गुम्बा राजमहा बिहारमा शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको हो ।

महिन्दाका भाइ तथा राष्ट्रपति गोटाभाया राजापाक्षले उनलाई शपथ ग्रहण गराएका हुन् । शपथपछि दुवै जनाले राजमहा बिहारमा प्रार्थना गरेका थिए ।

Loading...