विरगञ्ज महानगरका मेयरलाई नै कोरोना संक्रमण

विरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना संक्रमण भएको छ।

बिहीबार मेयर सरावगी आफैँले फेसबुकमा स्ट्याटस लेख्दै आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन्।

उनले वीरगञ्जलाई बचाउन पीसीआर मेशिन, परीक्षणका लागि आवश्यक पर्ने किटहरुको व्यवस्थापन गरेकाे एवम् क्वारेन्टिन, आइसोलेशन र कोभिड अस्पतालमा रहेका संक्रमितहरु सहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाईकर्मीको खाना र बस्नेको व्यवस्था मिलाएकाे उल्लेख गर्दै जनताकाे सेवामा लाग्दालाग्दै आफू संक्रमणकाे चपेटामा परेकाे बताएका छन्।

‘वीरगञ्जलाई ग्रिन जोन बनाउने उदेश्यका साथ एकघर एक परीक्षणको अभियान सञ्चालन गर्ने भनिएता पनि त्यसको कार्यान्वयन समयमा हुन नसक्दा वीरगञ्जमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको रहेछ’ उनले लेखेका छन्, ‘तपाईहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वयम कोरोनाको संक्रमणको चपेटामा परेको छु। म अहिले उपचारार्थ छु, मेराे स्वास्थ्य अवस्था सामान्य छ। मैले छिट्टै नै काेराेनालाई जित्ने छु।’

Loading...