घेरिए मन्त्री भट्ट

नेकपाका सुदुरपश्चिमका प्रभावशाली नेता समेत रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई आफूहरुको जागिर नखोस्न करारका कर्मचारीले ध्यानाकर्षण गराएका छन् । कम्युनिष्ट भनिएको सरकारले आफूहरुको रोजीरोटी खोस्न नहुने उनीहरुको माग छ ।

मन्त्रालयले करिब १ दर्जन कम्प्युटर अपरेटरहरूलाई कामबाट निकाल्ने निर्णय गरेपछि असन्तुष्ट कर्मचारीहरूले बुधवार मन्त्री भट्टलाई जागिर जोगाइदिन आग्रह गरे । मन्त्री भट्टले भेटको लागि समय नदिएपछि मन्त्रालयको ढोकामै ढुकेर उनीहरुले आफ्नो कुरा राखेका थिए ।

सरकारले रोजगारी सृजना गर्नुपर्नेमा आफूहरुको रोजगारी खोसेर बिचल्ली बनाएको उनीहरुले बताए । काम गरिरहेको आफूहरुलाई निकालेर नयाँ मानिस भर्ती गर्ने योजनामा मन्त्रालय रहेको उनीहरुको आरोप छ ।उम्किन खोजेका मन्त्रीलाई आक्रोसित कर्मचारीहरूले  घेराउ गरी आफ्ना कुरा राखिरहँदा मन्त्री भट्टले उनीहरुलाइ आस्वस्त पार्न समेत आवश्यक ठानेनन् । मन्त्री भट्ट पटक पटक मन्त्री हुन सफल नेता हुन् ।उनी डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्तिमन्त्री थिए भने प्रचण्ड नेतृत्वको पहिलो सरकारमा श्रम मन्त्री भएका थिए । यस पटक कार्यभार सम्हाल्दै उनले समाजवाद उन्मुख कार्य योजना बनाएर अघि बढ्ने बताएका थिए ।

 

Loading...