भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङ्ग बात कीर्तिपुर क्षेत्र अलोकन( फोटो फिचर )

 श्रावन ३ ,काठमाडौँ ./ संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्त कुमार नेम्वाङ्गले एतिहासिक कीर्तिपुर नगरपालिका क्षेत्रमा भैरहेको विकास पूर्वाधार निरीषण भ्रमण गर्नुभएको छ । शुक्रबार माननीय मन्त्री नेवाङ्गलाई कीर्तिपुर नगरपालिकाको नयाँ भवन अमल्सिमा नगर प्रमुख रमेश महर्जन, उप–प्रमुख सरस्वती खड्का, पूर्व राज्यमन्त्री दिलिप महर्जनलगायतले स्वागत गर्नुभएको थियो । स्वागत कार्यक्रममा नगर प्रमुख महर्जनले सिंह दरवार (संघीय सरकार) र हेटौंडा (प्रदेश सरकार)ले कीर्तिपुरलाई हेर्ने दृष्टिकोण टाढा रहेकोले माननीय मन्त्रीले यसलाई नजिक बनाई कीर्तिपुरको विकासमा सहयोग गर्न अपेक्षा गर्नुभयो । साथै कीर्तिपुरमा बनाउन लागेको स्मार्ट स्ट्रीट लाइट (नगर उज्यालो कार्यक्रम) को अवधारणा पत्र (DPR) हस्तान्तरण गर्नुभयो ।
लकडाउनको समयलाई सदुपयोग गरी काठमाडौंका अधिंकाश सडकहरूलाई बनाई रंग रोगन समेत बनाएर प्रशंसा पाएका माननीय मन्त्रीले हालको समयमा पनि प्राय विदाको दिन पारी शुक्रवार र शनिवार स्थानीय स्तरमा भैरहेको भौतिक निर्माणको निरीक्षण गर्ने योजना बनाएको र यसको शुरुवाट कीर्तिपुरबाट गरेको बताउनु भयो । कार्यक्रममा कीर्तिपुरलाई सरकारले सहयोग गर्ने बताउँनु हुँदै स्मार्ट स्ट्रीट लाइट (नगर उज्यालो कार्यक्रम) बनाउनको लागि अत्यावश्यक DPR तयार गरीसकेकोले यो नगरपालिका अरु भन्दा एक कदम अघि बढेको भन्दै प्रशंसा समेत व्यक्त गर्नुभयो ।
माननीय मन्त्री नेम्वाङ्ग कीर्तिपुर नगरपालिका भवन, अमल्सिबाट नगाउँ हुँदै चम्पादेवीमा रहेको नेपाल कम्यूनिष्ट पार्टीको संस्थापक महासचिव क.पुष्पलालको प्रतिमा रहेको पुष्पलाल पार्क पुगी फूलगुच्छा चढाउनु भयो । यस बीच बाटोमा परेको वडा नं. ९ नगाउँमा बनाइरहेको रिटेलिङ्ग वाल तथा ढल निकासको योजनाको स्थलगत निरीक्षण गर्नु भएको थियो ।
पुष्पलाल पार्क, चम्पादेवीबाट फर्की वडा नं. ३ को धःपा हुँदै दीखु पुग्नु भयो । दीखुमा गत २०७६ साल पुष १२ गते आफैले शिलान्यास गरेको कीर्तिपुर –चन्द्रागिरि जोड्ने मितेरी पुलको निरीक्षण गर्नु भयो । सो पुल २०७७ जेठ मसान्तसम्ममा सम्पन्न गर्ने योजना रहेको भए तापनि लकडाउनका कारण सो योजना पूरा हुन सकेको छैन ।
माननीय मन्त्री नेम्वाङ्गलाई कीर्तिपुरको सबभन्दा उचाइमा रहेको ऐतिहासिक तथा पर्यटकीय स्थल क्वाःच्व (उमा महेश्वर मन्दिर) को भ्रमण गराइएको थियो । वडा नं.२ मा रहेको उक्त स्थानमा स्थानीयले टिका लगाई स्वागत गर्नभएको थियो । सो स्थानबाट काठमाडौंको रमणीय दृष्य अवलोकन गर्नुका साथै ऐतिहासिक गं (घण्टा) बजाउनु भएको थियो ।
तात्कालिन कीर्तिपुर राज्यको लाय्कू (दरवार स्क्वाय्र) अवलोकन पश्चात वडा नं. १ कार्यालयमा समापन गरेको थियो । समापन कार्यत्रममा नगर उप–प्रमुख खड्काले धन्यवाद् दिनु भएको थियो भने नगर प्रमुख महर्जनले माननीय मन्त्री नेम्वाङ्गलाई मायाको चिनो (कीर्तिपुरको आस्थाको केन्द्र, बाघ भैरव मन्दिरको फोटो) प्रदान गर्नुभएको थियो ।
कीर्तिपुर निरीक्षण भ्रमणमा माननीय मन्त्रीका साथमा संघीय सांसद् कृष्ण गोपाल श्रेष्ठ, विना श्रेष्ठलगायत सम्मिलित हुनुहुन्थ्यो

 

 

Loading...