किर्तिपुर नगरपालिकाको साझेदारीमा हेल्थ एप संचालन

असार २७, काठमाडौँ । किर्तिपुर नगरपालिकाले स्वाथ्यमा सम्पूर्ण नागरिकको सुलभ, सरल तथा खोजेजस्तो पहुच पुर्याउने उदेश्यले जीवि हेल्थ एपले संग सहकार्य गरि हेल्थ केयर एप सुरु हरेको छ।
यो एपले काठमाडौँ ,ललितपुर भक्तपुर र किर्तिपुर उपत्यका भित्र आसपासका सर्वसाधारणलाइ अनलाइन मार्फत सेवा दिने नगरपालिका स्वास्थ्य विभागले बताएको छ।

किर्तिपुर नगरपालिका स्वाथ शाखा प्रमुख सन्त मान महर्जन स्वाथ्य संयोजक हर्ष महर्जनले बिहिबार यो एपको सुरुवात गर्नु भयो। १८ बर्ष माथिका सर्भसाधारणले यो एपबात सेवा लिन पाउने छन्। कीर्तिपुर ,हस्पिटल ,विष्णुदेवी हस्पिटलका चिकित्सक लगाएत अन्य चिकित्सक एपमा अवद्दा भएर सेवा परामर्श दिने भएको छ। हेल्थवर्कर्स अफ किर्तिपुर नामक सामाजिक संजालबात सल्लाह प्राप्त सुझाव अनुसार नगरपालिका बात प्रयोजनमा ल्याईएको एस एपमा कीर्तिपुरका करिब २० चिकित्सकको समुहले निसुल्क स्वस्थ परामर्श दिदै आएका छन्।
घरै बासु सुरक्षित रहु भन्ने नाराका साथ हालको परिस्थितिमा जीवि एपले सेवाग्राहीको सम्पूर्ण औषधि घरैमा सुरक्षित पुर्याईदै आएका छन्। यो एप मार्फत विभिन्न ग्रुपका रगत , क्लिनिक तथा अस्पतालमा डाक्टर कन्सल्तेशन बुकिङ्ग ,मेडिकल हिस्ट्री र अन्य रिपोर्ट डिजिटल माध्यमबात सेवा सुबिधा आकष्मिक सेवा , औषधि / अप्पोइन्मेंटको जानकारी लगाएत सुभिधा लिन पाउने भएको छ।


मोबाइल मार्फत गूगल प्लेस्तोरमा गइ  jeevee टाईप गरि सेवा लिनसक्ने यो एप बात अनलाइन शुल्क भुक्तानीको समेत गर्न सकिने ब्यबस्था रहेको छ।  

Loading...