उद्योगी, ब्यबसायीले सरकार र नेपाल राष्ट्र बैंक संग गरे यस्तो माग

काठमाडौँ। विश्व्ब्यापी कोविड – १९ महमरी र्निरन्तर लागु हुदेऐ गरेको लकडाउन बात निजी क्षेत्रमा उत्पन्न भएको संकटमय अवस्था बात समग्र निजी क्षेत्रलाई उकास्न सरोकार निकाय बात कुनै पहल नभएको भन्दै उध्योगी ब्यबसायिको सस्था नेपाल उद्योग बाणिज्य संघले शुक्रबार नयासडक जुद्दा सालिकमा बिभिन्न माग गर्दै प्रदशन गरेका छन ।
ब्यबसायीले आफुहरु संग सम्बन्ध रहेका सबै निकायलाइ सहजीकरण गर्न ” आफुपनि बाचौ अरुलाई पनि बचाऊ – सहकार्य र सहयोगी वातावरण बनाऔ ” भन्ने अपिल गर्दै विशेष गरि बैंक सावा ब्याज , घर भाडा , कर्मचारी तलव ,कर राजस्व लगाएत अन्य नीतिगत विषयहरुमा समेत निजि क्षेत्रलाइ जोगाउनकालागि नेपाल राष्ट्र बैंक ,सम्पूर्ण बैंक वित्तीय सस्थाहरुलाई ध्यान आकर्षण गर्दै प्रदशन गरेका हुन्।

ब्यबसायीले बन्दको अवधिको लागि पूर्ण छुट र महामारी अन्त्य नहुन्जेलको अवधिका लागि विशेष छुट –
लकड़ाउन खुकुले भएपनि चरम आर्थिक समस्या र संकटमे अवस्थाको सम्वोधन हुने खालको आर्थिक सहयोग कार्येक्रम हुनुपर्ने –
महामारी फैलिन नदिन कडा स्वस्थ्य सुरक्षाको ब्यबस्था हुनुपर्ने –
लकड़ाउनका कारण बिक्रि अयोग्य सामानहरुको ब्यबस्थापनमा सहायो हुनुपर्ने –
बन्दको अवधिको कर्मचारीको तलवमा नेपाल सरकारले ३३ प्रतिशत उपलव्धि गरिनु पर्ने –
सरकार समक्ष माग राखेका छन्।
उद्योगी व्यबसायीहरुलाई कोभिड १९ बात परेको संकटको न्यूनीकरण गराउनका लागि निजिक्षेत्र बात दिएको राय सुझाव समेटेर नेपाल राष्ट्र बैंकले जारि गर्ने मौद्रिक नीति २०७७ असार २५ भित्र जारि गर्नु पर्ने र नेपाल राष्ट्र बैंकले जारि निर्देशन अनुसार चैत्र महिना सम्म तिर्नु पर्ने सावा ब्याज बुझाएका सबै ऋण शिर्षकहरुमा कर्जामा १० प्रतिशत छुट अविलम्ब दिन बैंकहरुलाई निर्देशन दिनुपर्ने नेपा राष्ट्र बैंकलाइ अपिल समेत गरेका छन्। आफुहरुको जायज माग सरकार र सरोकार निकायले सम्वोधन नगरे अर्को चरणको आन्दोलमा जानुको बिकल्प नरहेको संघका अध्यक्ष तथा काठमाडौँ जिल्ला उद्योगी व्यबसायी कोविड १९ संकट व्यबस्थापन समिति संयोजक दिनेश श्रेष्ठले बताउनु भयो।  

Loading...