काठमाडौँकाे आकाशमा देखियो सलहका बथान

काठमाडौँ । उपत्यकाको मध्ये भागमा साँझ ४: ३० मा अचानक आकाशमा सलाहका झुण्ड ठुलो मात्रामा देखएको छ । दक्षिण पश्चिम बात पुर्ब तर बहेको हावा संगै सलहका बथान देखिएको हो । जमिन सतहबाट करिव ३० देखि ४० मिटर माथि यो सलह देखिएको छ । आकाशमा अचानक देखएको सलाह ३० मिनेट सम्म देखिएको र बिस्तारै पुर्व दिशातिर सर्दै सकिएको छ । मंगलबार नै पश्चिम कर्णालीमा पनि सलहले प्रवेश गरेको छ । मंगलबार कृषि अनुसन्धान केन्द्र दशरथपुर सुर्खेतमा सलह देखिए हो । कृषि अनुसन्धान केन्द्रमा सानो संख्यामा सलह फेला परेको कृषि अनुसन्धान केन्द्र दशरथपुर सुर्खेतका केन्द्र प्रमुख बन्दुराज बरालले बताए ।  देशैभरको सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलले काठमाडौंमा दक्षिणतर्फबाट ठूलो संख्यामा सलह प्रवेश गरेको पुष्टि गरेको छ । काठमाडौंको दक्षिण क्षेत्रबाट स्वयम्भू हुँदै नागर्जुनतर्फ सलहको ठूलो झुण्ड प्रवेश गरेको प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाइँले बताए ।  
   

 

फोटो – बुद्ध शरण शाही

Loading...