नवलपरासी, १४ कात्तिक । काठमाडौँ उपत्यका बाहिरकैै सर्वाधिक धनराशिको पुरस्कार रहेको राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको युवा तथा खेलकूद मन्त्रालयका सचिव महेश दाहालले उद्घाटन गरेका हुन् । प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा कास्की ११ ले जगदम्बा लुम्बिनीलाई ०–३ ले पराजित ग¥यो । मंगलबारको खेल वीरगन्ज युथ क्लव र रुपन्देही ११ बीच हुनेछ ।
देशविदेशमा गैँडा संरक्षणको सन्देश दिन प्रतियोगिता गरिएको आयोजक नन्दभाउजू उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिए ।
स्थानीय कोल्हुवामा गैँडा संरक्षणका लागि प्रतियोगिता १३ वर्षदेखि हुँदै आइरहेको छ । प्रतियोगितामा आयोजकसहित देशभरका ए डिभिजनका ११ सहित १२ टोलीको सहभागिता छ । उक्त प्रतियोगिता यही कात्तिक २५ गतेसम्म हुनेछ । प्रतियोगितामा प्रथम हुनेले रु पाँच लाख २५ हजार ५५५ र द्वितीय हुनेले रु दुई लाख ५० हजार ५५५ पुरस्कार राशि पाउनेछन् ।