सडकमा लाइभ दिँदै गरेका सीएनएनका तीन पत्रकारलाइ लगाइयो हतकडी

एजेन्सी । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका एक पत्रकारलाई प्रहरीले मिनियापोलसमा भइरहेको प्रदर्शनको समाचार सम्प्रेषण गरिरहेका बेला पक्राउ गरेर केही बेरपछि रिहा गरेको छ ।

जर्ज फ्लोइड नाम गरेका अश्वेत व्यक्तिको प्रहरी हिरासतमै निधन भएपछि मिनियापोलसहित अमेरिकाका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेको छ । मिनियापोलसमा प्रदर्शनको प्रत्यक्ष रिपोर्टिङ्ग गरिरहेका बेला प्रहरीले सिएनएनका पत्रकार ओमार जिमिनेजलाई हतकडी लगाइएको हो ।

पत्रकार जिमिनेज स्थानीय समय अनुसार शुक्रबार बिहान टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिरहेका थिए, सोही क्रममा उनी पक्राउ गरेका हुन् । प्रहरीले हट्न भनेका बेला नहटेपछि उनीहरुलाई पक्राउ गरेको हो । जिमिनेजसँग उनका क्यामरापर्सन र प्रोड्यूसर पनि पक्राउ परेका थिए । उनीहरुलाई बिना कुनै अभियोग रिहा गरिएको छ।

मिनेशोटाका गभर्नर टिम वाल्जले घटनाप्रति माफी मागरेका छन् । सो घटना कुनै पनि रुपमा स्वीकार्य नरहेको उनको भनाई छ । सिएनएनले पत्रकारलाई गरिएको पक्राउले संविधानको उल्लंघन गरेको बताएको छ ।

हेर्नुहाेस भिडियाे

Loading...