बाहिरी जिल्लाबाट आएकालाई प्रवेश दिए घरबेटी कार्बाहीमा पर्ने

 

काठमाडौं । बाहिरी जिल्ला वा विदेशबाट फर्केका मान्छेलाई प्रवेश दिने घरबेटी कार्बाहीमा पर्ने भएका छन् । अब भाडामा बस्ने मानिस विभिन्न कारणले बाहिर गएको भए फोन गरेर घरबेटीले घरमा प्रवेश निषेध गरिएको जानकारी दिनुपर्नेछ ।

घरधनीले लुकाइछिपाइ प्रवेश दिए घरमा ताला लगाएर सिल गरिने जनाइउको छ । यस्तै, क्वारेन्टाइनमा लाग्ने सम्पूर्ण खर्च घरधनीले ब्यहोर्नु पर्नेछ ।

ललितपुर वडा नम्बर ६ ले भाडाको कोठामा बस्ने मानिस लकडाउनको समयमा बाहिरी जिल्ला वा विदेशबाट फर्किआएका भए प्रवेश निषेध गरेको हो । विश्वव्यापी फैलिएको कोरोना संक्रमण रोक्न लकडाउनको समयमा बाहिर गएकालाई घरमा प्रवेश निषेध गरिएको वडा अध्यक्ष हिटलर शाक्यले बताए ।

विज्ञप्ति जारी गर्दै लकडाउनमा आएका व्यक्ति संक्रमित प्रमाणित भएको अवस्थामा घरधनीले क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने वडाअध्यक्ष हिटलरले जनाएका छन् ।

उनले वडाभित्रका सबै टोल सुधार समिति, संघ, संस्थालाई आ-आफ्नो टोलभित्र बाहिरी मानिसको आवत जावतलाई रोक्न,टोलभित्र फलफूल, तरकारी तथा अन्य खाद्य पसल तोकिएको समयमा मात्र समाजिक दूरी कायम गरी सञ्चालन गराउन तथा संक्रमण अझै बढ्दै गएमा र आवश्यक परेको खण्डमा आ–आफ्नो टोललाई सिल गर्न अनुरोध गरेका छन् ।

Loading...