बाहिरी जिल्लाबात काठमाडौँ प्रवेशमा रोक,उपमेयर खड्गीले गरिन नागढुंगा नाक निरिक्षण

वैशाख २४ , काठमाडौं । काठमाडौँ प्रवेश गर्ने मुख्य नाकाबात दैनिक बाहिरी जिल्ला बात मानिसहरु भित्रिएको खबर सर्वोजनिक भएपछी महानगरपालिकाकी उप- मेयर हरिप्रभा खड्गीले बुधबार उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा पुगेर निरिक्षण गरी सुरक्षामा खटिएका अधिकारीलाइ अत्याआवश्यक बाहेकका कुनै पनि सवारी साधनका काठमाडौँ प्रवेश गर्न नदिन निर्देशन दिनुभएको छ।

पछिल्लो समय उपत्यका बाहिर भारत संग सिमा जोडिएका तराई क्षेत्रमा संक्रमण बढ्न थालेपछि अप्रत्याशित संख्यामा रातरात काठमाडौँ छिरेको सुचना आएपछि काठमाडौँ बासी त्रसित भएको भन्दै उप-मेयर खड्गी आफै बुधबार बिहान निरिक्षण तथा जानकारी लिन पुगेका थिए ।

नागढुंगामा पुगेर त्यहाँका सुरक्षामा खटिएका अधिकारी संग जानकारी लिदै अत्याआवश्यक भएका बाहेक इ पास वालाहरुलाई समेत काठमाडौँ प्रवेश गर्न नदिन आग्रह गर्दै काठमाडौँ बाहिर गएका मानिसहरुलाई काठमाडौँ भित्र्याउदा स्वाथ्य जोखिम भयाबह बन्न सक्ने भन्दै तिनीहरुलाई स्थिति पूर्ण नियन्त्रणमा नआउदासम्म बाहिरी जिल्ला बात काठमाडौँ भित्राउन नहुने बताउनु भयो ।

नागढुंगा नाका सुरक्षा जिम्मा रहेको महानगरीय प्रहरी वृत थानकोट प्रहरी प्रमुख घनश्याम श्रेष्ठले अत्याआवश्यक बाहेक सबैलाई उतै फर्काइएको भन्दै ई-पास पहेलो पासहरुलाई समेत नछाडीएको तर खाद्यान लगयताका मालबाहक गाडी एम्बुलेन्सहरुलाई भने प्रवेश दिईएको जनाउनु भएको थियो।

Loading...