उता जोखिम बढेको भन्दै नाता परेका मान्छेको सरकारी गाडीबाट काठमाडौं छिरे

बैशाख २४, काठमाडौँ ।
सरकारले उपत्यका भित्रिने नाकामा कडाई गरेको बताइरहँदा रातारात मलङ्गवाबाट एक परिवार सरकारी गाडीबाटै काठमाडौं आइपुगेका छन् ।
मलंगवा होरैता नगर पालिका २ निवासी एक महिला संगै आफ्नी छोरी र छोरासँग सरकारी गाडीमा बुधबार दिउसो मात्र काठमाडौं आइपुगेको हो ।
मलंगवा उनीहरु सरकारी गाडीमै बसेर काठमाडौं आइपुगेका हुन् । बा २ झ २४१३ नम्बरको सरकारी गाडीबाट उनीहरु काठमाडौं आएका हुन् ।
मलङ्गवाबाट काठमाडौं आएका उनीहरु शुरुमा काठमाडौं २३ वडा ओमबहाल पुगेका थिए । ओमबहालमा नातेदारको डेरामा बस्न आएका उनीहरुलाई त्यहाँका स्थानीयले बस्न नदिने भनी विरोधमा उत्रिएका स्थानीय सर्वसाधारणले उनीहरु आएका सरकारी गाडीका चालकलाइ सोधखोज पछि संघीय मामिला मन्त्रालय २ न प्रदेशको भएको एक स्तनियले बताए । टोलका स्थानीयले भने कवाडी काम गर्ने मानिसको परिवार आफन्त सरकारी गाडी चढेर आउदा हामीले रोयौ र वडा अध्यक्षलाइ खबर गर्यौ । ‘
निजका परिवारको कवाडी गोदाम रहेको नजिकै २२ वडामा बस्ने निर्णय गरेका उनीहरुलाई मक्षेन्द्र क्लव आवद्द युवाले र वटु टोलमा स्थानीय पनि विरोधमा उत्रिएपछि उनीहरुलाई प्रहरीले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षणको लागि लगिएको थियो ।


उनीहरुको आरडिटि परिक्षणमा रिपोर्ट नेगेटिभ आएको कामपा २३ वडाका अध्यक्ष मचाराजा महर्जनले जानकारी दिनुभयो ।
पिसिआर विधिबाट गरिएको परिक्षणको रिपोर्ट आउन भने बाँकि रहेको बताइएको छ ।
आरडिटि परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि बाहिर नआइ पूर्ण रुपमा होम क्वारेन्टाइनमा बस्ने शर्तमा उनीहरुलाई वटुमै बस्न दिइएको छ ।
उता जोखिम बढेकोले नै नाता परेका मान्छेको सरकारी गाडीबाट आफु काठमाडौं आएको उक्त महिलाले बताए ।
उनीहरु अहिले बसेको ठाउँ कामपा २५ वडासँग पनि जोडिएको छ ।

काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले लकडाउनको समयमा सरकारी गाडीको दुरुपयोग भएको बताउनुभएको छ ।
जो जहाँ छ, त्यहिँ सुरक्षित रहनुपर्ने र हरेक स्थानीय होम क्वारेन्टाइनमा बसिरहेको अवस्थामा सरकारी गाडीले यसरी मान्छे ओसार्नु निकै आपत्तीजनक रहेको खड्गीले बताउनु भयो ।
अत्यावश्यक काममा बाहेक आवतजावत गर्न नहुने अवस्थामा सरकारी गाडीले नै एक ठाउँमा जोखिम बढेको भन्दै अर्को ठाउँमा मान्छे ओसार्नु भनेको पदको दुरुपयोग भएको भन्दै आवश्यक अनुसन्धान गरी कारवाही गर्न सम्बन्धित निकायमा खबर गरिसकिएको बताउनु भयो । उपमेयर खड्गीले
‘अहिले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा, एक जिल्लाबाट अर्को जिल्लामा वा एक प्रदेशबाट अर्को प्रदेशमा आवतजावत नै गर्न नहुने अवस्था हो । सरकारी गाडीले नै मलङ्गवाबाट काठमाडौं ल्याएको विषयमा अनुसन्धान गरि कारवाही गरिनु पर्छ ‘
यो घटनामा २२ वडाका अध्यक्ष चिनिकाजी महर्जनले पनि आपत्ती जनाउनुभएको छ ।
‘राज्य भनेको अभिभावक हो । यस्तो अवस्थामा राज्यले अभिभावकिय भूमिका निभाउनु आवश्यक छ’, वडाध्यक्ष महर्जनले भन्नुभयो ।
सरकारी गाडीबाट मान्छे काठमाडौं ल्याइनु विलकुलै गलत रहेको र यसमा आवश्यक अनुसन्धान गरी दोषी उपर कारवाही गर्न महर्जनले माग गर्नुभयो

Loading...